ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शुक्लाफाँटामा कृष्णसारकाे सङ्ख्या ३०६ पुग्याे

बिहिबार १२, असार २०८२ ०६:००

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्या तिन सय छ पुगेको छ । स्थानान्तरण गरी ल्याइएको १३ वर्षमा यहाँ सात गुणाले कृष्णसारको सङ्ख्या बढेको हो ।

सन् २०१२ मा विभिन्न स्थानबाट ल्याएर ४२ वटा कृष्णसार निकुञ्जको हिरापुरमा मैदानमा छोडिएको थियो । 

हाल वयस्क भाले कृष्णसार ९३, अर्धवयस्क भाले २४, वयस्क पोथी १०० र अर्धवयस्क पोथी ४४ वटा रहेका छन् । त्यसैगरी एक वर्षका बच्चा ४५ वटा रहेका छन् । 

प्रतिक्रिया