अछाम । अछाम जिल्लाका साँफेबगरमा रहेको बयालपाटा अस्पतालमा कार्यरत डा. मन्दिप पाठकसहित ३३ जनालाई सम्मान गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच डाक्टर पाठकसहित अस्पतालमा कार्यरत ३३ जना कर्मचारीलाई सम्मान गरिएको हो ।
डा. पाठकले विगत एक दशकदेखि बयालपाटाा अस्पतालको नेतृत्व गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ । न्याय हेल्थ नेपालले लिएको लक्ष्य पूरा गर्न उत्कृष्ट सेवाको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
यस्तै अन्य कर्मचारीहरुलाई समेत न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रममा याेगदानको मूल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको छ ।
नागरिकको स्वास्थ्य उपचार सेवा सुनिश्चत गर्न क्रियाशिल संस्थामा १० वर्ष पुरा गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने सबैलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुवँर र जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरले खादा र कदर पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया