ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराका स्थानीय तहको बजेट चार अर्ब, कुनको कति ?

बुधबार ११, असार २०८२ ११:०४

धनगढी । डडेल्धुराका सात वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाले कुल चार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

सबैभन्दा बढी बजेट भित्री मधेशमा रहेको परशुराम नगरपालिकाले ल्याएको छ । मंगलबार १७औं नगरसभाबाट परशुरामले ८० करोड ४९ लाख ४१ हजार ४३५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । नगरसभाको अर्को बैठक असार १४ गते बिहान १० बजे बस्ने र बजेटमाथि छलफल गरिने नगरपालिकाले जनाएको छ । 

यस्तै, जिल्ला सदरमुकाममा रहेको अमगरढी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड २५ लाख ८८ हजार बराबरको बजेट ल्याएको नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए । 

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार गाउँपालिकाले पनि आगामी वर्षको बजेट सार्वजनिक गरिसकेको छ । ‘५२ करोड ५७ लाख बराबरको बजेट सार्वजनिक भएको छ,’ चटौतले भने । भित्री मधेशमै रहेको आलिताल गाउँपालिकाले ५३ करोड २७ लाखको बजेट सार्वजनिक गरेको छ । 

अजयमेरु गाउँपालिकाले ५२ करोड २ लाखको बजेट सार्वजनिक गरेको अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए । 

गन्यापधुरा गाउँपालिकाले पनि बजेट सार्वजनिक गरिसकेको छ । उसले ४४ करोड ७४ लाखको बजेट आगामी आर्थिक वर्षका लागि ल्याएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले आफ्नो पालिकाले ४६ करोड ७६ लाखको बजेट ल्याएको जानकारी दिए । 
 

प्रतिक्रिया