धनगढी । सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र सावद नियुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले सावदलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
उनी नेकपा एमालेको कोटाबाट उपाध्यक्षमा नियुक्त भएका हुन् । युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा नीति निर्माण प्रक्रियामा सहभागी गराउन युवा परिषदले कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नयाँ कार्यकारी उपाध्यक्षको रूपमा नियुक्त भएपछि सावदले युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया