ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार ११, असार २०८२ ०७:४८

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१ सेतोपुलमा भएको मोटरसाइकल दुर्घटनामा जोशीपुर गाउँपालिका–४ घर भएका २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो ।

चौधरीले चलाएको सुपप्र०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिएकोमा उनी गम्भीर घाइते भएका थिए ।

चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । उपचारका क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया