ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भजनी नगरपालिकाद्वारा ६८ करोडको बजेट सार्वजनिक

मङ्गलबार १०, असार २०८२ ०७:१३

भजनी । कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६८ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । 

नगरपालिकाको १८ औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत भएको बजेटमा संघीय सरकारको वित्तीय समानीकरणबाट १४ करोड १३ लाख, सशर्त अनुदान चालू तर्फबाट  २३ करोड १८ लाख, सशर्त अनुदान पुँजीगत तर्फबाट एक करोड १० लाख, संघीय सरकारकै पुँजीगततर्फको  समपुरक अनुदानबाट ६७ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड ४५ लाख १४ हजार ३४१ रुपैयाँ, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट एक करोड ३४ लाख ८७ हजार, सशर्त अनुदान ४० लाख, विशेष अनुदान ८५ लाख, समपुरक अनुदान एक करोड ३५ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४२ लाख ३४ हजारको प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाले आन्तरिक आय घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ७२ लाख ५० हजार, आन्तरिक आयतर्फबाट तीन करोडको लक्ष्य राखेको छ ।  चालु आर्थिक वर्षको खर्चहुन नसनेको ६ करोड ३५ लाख अनुमानित गरेको छ भने बेरुजु असुलीबाट दुई करोड उठाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया