धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार भएको १८औँ नगरसभामा नगर उपप्रमुख भोजबहादुर बमले अनुमानित बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट मंगलबारनै पारित भएको छ ।
बजेटको स्रोतका रुपमा संघीय समानीकरण अनुदानबाट १५ करोड ९४ लाख, संघीय सशर्त अनुदानमा चालुतर्फ २३ करोड ३६ लाख र पुँजीगततर्फ एक करोड ४१ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय समपूरक, विशेष र प्रदेश सरकारका विभिन्न शीर्षकहरूबाट प्राप्त हुने अनुदानलाई बजेटको स्रोतका रुपमा राखिएको छ । नगरपालिकाले सात करोड नौ लाख ९५ हजार आन्तरिक आय हुने अनुमान गरेको छ ।
प्रतिक्रिया