ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जोशीपुर गाउँपालिकाको बजेट ८४ करोड रुपैयाँ

मङ्गलबार १०, असार २०८२ ०६:४५

टीकापुर । जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ८६ लाख ५९ हजार १५४ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरियाले गाउँसभाको १४ औं अधिवेशनमा आज बजेट प्रस्तुत गरेकी हुन् । 

बजेको स्रोतको रुपमा संघीय वित्तीय समानिकरण अनुदानबाट ११ करोड २३ लाख, प्रदेश वित्तीय समानिकरणबाट एक करोड ७ लाख ६९ हजार, संघीय राजश्व बाँडफाँडबाट एक करोड २८ लाख ९७ हजार ६५४ प्राप्त हुने अनुमान गरिएको छ ।  

त्यस्तै प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने ३६ लाख २८ हजार, संघीय सशर्त अनुदानबाट प्राप्त हुने चालुतर्फ १६ करोड ६६ लाख, पूँजीगततर्फ ३५ करोड ३९ लाख, प्रदेश सशर्त अनुदान शीर्षकमा चालुतर्फ प्राप्त हुने चार करोड र पूँजीगततर्फ ४० लाख रुपैयाँ गाउँपालिकाको बजेटको स्रोतको रुपमा रहेको छ ।

संघीय सरकारको विशेष अनुदानबाट ६९ लाख, संघीय सरकार समपुरक अनुदानबाट ५० लाख, प्रदेश सरकारको विशेष अनुदानबाट ७५ लाख, प्रदेश समपुरक अनुदानबाट एक करोड ८० लाख रुपैयाँ आयका रुपमा रहने अनुमान गरिएको छ । गाउँपालिकाले एक करोड ७० लाख ६४ हजार रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पूँजीगततर्फ ४६.१५ प्रतिशत र चालुतर्फ ७२.२५ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बजेट वक्तव्यमा राजश्व बाँडफाँड तथा समानिकरण अनुदान पूर्ण रुपमा प्राप्त नहुँदा पालिकाको सार्वजनिक सेवा प्रवाह, विकास निर्माण कार्य र नियमित रुपमा सञ्चालन गर्नुपर्ने योजना तथा कार्यक्रमहरु प्रत्यक्ष प्रभावित भएको उल्लेख छ । 

यसले भुक्तानी दायित्व सिर्जना भइ त्यसको असर आगामी आर्थिक वर्षको बजेट तर्जुमामा समेत देखिएको बताइएको छ ।

प्रतिक्रिया