ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर नगरपालिकाको बजेट ९३ करोड ६७ लाख

मङ्गलबार १०, असार २०८२ ०५:५२

टीकापुर । कैलालीकाे टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९३ करोड ६७ लाख ९७ हजार १२७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । १७औं नगरसभामा आज कार्यपालिका जेष्ठ सदस्य रामबहादुर नगार्जीले बजेट प्रस्तुत गरेका छन् ।

जसमा नगरपालिकासहित सम्पूर्ण वडाको साधारणतर्फ १८ करोड र नगरपालिकाको प्राथमिकता प्राप्त निरन्तर चालु तथा पूँजीगत योजनामा २९ करोड ९८ लाख ९३ हजार १२७ रुपैयाँ रहेको छ ।

त्यस्तै समपुरक, विशेष तथा सशर्त बाहेक नगरपालिकाको कुल पूँजीगत खर्च २५ करोड ३ लाख र चालु तर्फ ३० करोड ५० लाख विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त र अन्य समपुरक तथा विशेष अनुदान बजेट पनि पुँजीगत खर्च अन्र्तरगत रही यसको परिणाम बढ्ने उल्लेख गरिएको छ ।

त्यसैगरी पुँजीगत रकममा वडाको लागि ५ करोड, समपुरकमा ३ करोड ६२ लाख, नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक वडाको लागि एउटा सडक कालोपत्रे गर्न ७ करोड २० लाख र विषयगत शाखाको लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ । वडाहरुको पूँजीगत ५ करोडलाई विभिन्न शिर्षकमा विभाजन गरिएको छ । जसमा पूर्वाधार विकासमा २ करोड ७० लाख, आर्थिक विकास क्षेत्रमा १ करोड, सामाजिक विकासमा १ करोड, वातावरण तथा विपदको क्षेत्रमा १५ लाख र संस्थागत विकास सेवा प्रवाह र सुशासनमा १५ लाख रुपैयाँ रहेको छ ।

बजेटमा विभिन्न स्रोत अनुमान गरिएको छ । जसमध्ये संघीय अनुदान मध्ये वित्तिय समानीकरणमा १८ करोड ३४ लाख, सशर्त अनुदान चालु २७ करोड ९९ लाख र पूँजीगत १ करोड ९८ लाख, राजश्व बाँडफाँडमा १४ करोड १४ लाख ४ हजार र विशेष अनुदानमा ३ करोड ६९ लाख रुपैयाँ रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तिय समानीकरणमा १ करोड ७३ लाख, राजश्व बाँडफाँडमा ७६ लाख ९१ हजार, समपुरकमा १ करोड ७६ लाख, विशेष अनुदानमा ६० लाख र सशर्त अनुदानमा १ करोड ६० लाख रुपैयाँ रहेको छ ।

बजेटमा आन्तरिक स्रोततर्फ आन्तरिक आयमा १६ करोड ७५ लाख र मालपोत रजिष्टे«सनमा ३ करोड ७५ लाख रुपैयाँ अनुमान गरिएको छ । बजेट वक्तव्यमा चालु आर्थिक वर्षको १ अर्ब २ करोड ३७ लाख ४८ हजार २२६ रुपैयाँ मध्ये पूँजीगत तर्फ ३१.७१ प्रतिशत र चालु तर्फ ७३.२ प्रतिशत गरी ५६.४२ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । पूँजीगततर्फको विनियोजित रकम ४१ करोड ४१ लाख ४५ हजार ७६७ मध्ये १३ करोड १३ लाख ३० हजार ४३७ रुपैयाँ र चालुतर्फको विनियोजित रकम ६० करोड ९६ लाख २ हजार ४५८ मध्ये ४४ करोड ६२ लाख ७४ हजार ५७७ रुपैया खर्च भएको छ ।

प्रतिक्रिया