डडेल्धुरा । जोगबुडाको सिँचाइ कुलोमा लडेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका –५ महाकाली नदी किनारको परिगाउँमा महिलाको मृत्यु भएको हो ।
स्थानीय धनादेवी बिष्टको सोमबार बेलुकी घरनजिकैको सिँचाइ कुलोमा लडेर ज्यान गएको हो । मृतक बिष्ट सोमबार बेलुका करिब ८ बजेको समयमा घरनजिकै खेतमा गएको बुझिएको छ ।
अबेर रातिसम्म उहाँ घर नफर्किएपछि खोजी गरिएको थियो । खोज्न जाँदा नजिकैको सिँचाइ कुलोमा लडेको र खुट्टा, टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी थिइन् । उपचारका लागि जोगबुडा अस्पताल समेत पुगाइएको परिवारका सदस्यको भनाइ छ ।
जोगबुडा अस्पतालका चिकित्सकले बिष्टलाई मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया