ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बयालपाटा अस्पताललाई ८९ लाखका उपकरण सहयोग

मङ्गलबार १०, असार २०८२ ०५:२४

अछाम । अछामको बयलपाटा अस्पताललाई जापान सरकारले स्वास्थ्य उपकरण सहयोग गरेको छ । नेपालका लागि कार्यवाहक जापानी राजदूत तमुरा ताकाहिरोले एक समारोहका बीच ती उपकरण अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे ।

जापान सरकारबाट ८९ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग स्वरूप प्राप्त भएको बयलपाटा अस्पतालका सञ्चार प्रमुख पूर्ण खड्काले जानकारी दिए ।

उनका अनुसार अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारका लागि उक्त सहयोग महत्वपूर्ण हुनेछ। जापानी सरकारको सहयोगले ग्रामीण भेगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन थप मद्दत विश्वास लिइएको छ । 

प्रतिक्रिया