ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

समृद्धिको ढोका खोल्दै महाकाली करिडोर : पौने चार अर्ब खर्च, २९८ किलोमिटर खुल्यो ट्याक

मङ्गलबार १०, असार २०८२ ०३:३८

धनगढी । महाकाली करिडोरलाई सुदूरपश्चिमको समृद्धिको ढोकाको रुपमा हेरिएको छ । दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निमार्ण भइरहेको करिडोरले सुदूरपश्चिम प्रदेशको सामाजिक र आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिन्छ । उक्त करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लालाई जोड्ने छ । 

महाकाली करिडोर नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म बन्ने छ । उक्त करिडोरको निर्माण सम्पन्न भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुने आशामा प्रदेशवासी छन् ।

हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने विश्वास सुदूरपश्चिमवासीको छ । 

महाकाली कोरिडोरको ४१३ किलोमिटर लम्बाइमध्ये करिब तीन सय किलोमिटरममा ट्र्याक खुलेको छ । करिडोरको ३३४ किलोमिटर संघीय सडक सुपरीवेक्षण तथा अनुगमन आयोजना कार्यालयले निर्माण गर्दै छ । आयोजनाका सूचना अधिकारी रामचन्द्र जैशीले २८१ किलोमिटर ट्याक खोल्ने काम पूरा भएको बताए । उनका अनुसार डडेल्धुराको जोगबुडा, भागेश्वर र बैतडीको पञ्चेश्वरस्थित रोडीदेवलको भिर र दशरथ चन्द नगरपालिकाको कन्सनीगाडमा करिडोरको काभ भइरहेको छ । 

दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माण गर्दै छ । सेनाले अहिलेसम्म १७ किलोमिटर सडक खनिसकेको छ । 

०६६ सालदेखि दार्चुला–टिङ्कर सडकका नामबाट करिडोरको निर्माण थालिएको थियो । ०७७ सामा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि यो सडकको नाम महाकाली कोरिडोर भएको हो । सडकको ट्र्याक खोल्न हालसम्म तीन अर्ब ६९ करोड २१ लाख रुपियाँ खर्च भइसकेको छ । 

एक अर्ब ५२ करोड रुपियाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ । कोरिडोर पूरा गर्न १३ अर्ब ४९ करोड ८७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । करिडोरका लागि आगामी आर्थिक वर्षको बजेटमा २२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ । 
 

प्रतिक्रिया