ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा बजेटमाथिको छलफल आजदेखि

मङ्गलबार १०, असार २०८२ १०:२६

धनगढी । सुदूरपश्चिममा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आजदेखि सुरू हुने भएको छ । छलफलका लागि आज अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

यसअघि बिहीबार सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार १० गतेदेखि बजेटमाथिको छलफलका लागि प्रदेशसभा बैठक बोलाउने सहमति गरेको थियो । 

असार १ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । उनले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया