ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

१६ वर्ष कैद तोकिएका प्रतिवादी कैलालीबाट पक्राउ

मङ्गलबार १०, असार २०८२ ०८:२७

धनगढी । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको टोली पनि फैसला कार्यान्वयनमा खटिएको छ । प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली बनाएर प्रदेश कार्यालय महेन्द्रनगरको टोली पनि फैसला कार्यान्वयनमा खटिएको हो । 

फैसला कार्यान्वयनको शिलशिलामा जिल्ला अदालत कञ्चनपुरको २०७२ चैत २१ गते गरेको फैसलाअनुसार कैलालीको घोडाघोडी नगरपालिका–५ बस्ने ३१ वर्षीय दिनेश धामी पक्राउ परेका छन् । उनलाई आगो लगाई गौबध मुद्दामा १६ वर्ष कैद सजाय तोकिएको थियो । 

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले धामीलाई घर नजिकैबाट पक्राउ गरेको हो । 
 

प्रतिक्रिया