अछाम । डोटी–अछाम ३३ केभी प्रसारण लाइनमा खराबी आएपछि विभिन्न जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । प्राशारण लाइनमा खराबी भएपछि सोमबार बेलुकीबाट अछाम, बाजुरा र कालिकोट जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत प्रवाहमा समस्या आएको भन्दै अछाम वितरण केन्द्रले सामाजिक सञ्जालमा एक सूचना जारी गरेर समाधानको प्रयास भइरहेको जनाएको छ ।
प्रतिक्रिया