ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

सोमबार ०९, असार २०८२ ०५:१४

धनगढी । अछामको रामारोशन गाउँपालिका–६ सालघारीमा तीन वर्षअघि कर्तव्य ज्यानको घटनामा संलग्न भई फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय झपड साउँद र ३४ वर्षीय कुले साउँद रहेका छन् । ती दुवै अभियुक्तलाई लामो समयदेखि खोजतलास गरिरहेकोमा प्रहरी चौकी सान्तडाबाट खटिएको टोलीले  आइतबार साँझ ६ बजे रामारोशन गाउँपालिका –६ स्थित भाटाकाटिया भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रतिवादीहरुले २०७८ साल कात्तिक २१ गते गगन साउँदको हत्या गरेको आरोप छ । 

प्रतिक्रिया