नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक दिन पछि सरेको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी विशेष कारणवश गरी केन्द्रीय समिति बैठक एक दिनपछि सरेको जानकारी दिएका हुन् । उनका अनुसार केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा १६ असारको दिउँसो १ बजे बस्नेछ ।
कांग्रेसले यसअघि १५ असारको दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
प्रतिक्रिया