ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आफ्नै कोठामा युवती मृत फेला

सोमबार ०९, असार २०८२ ०९:२०

धनगढी । कैलालीको धनगढीमा एक युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ काे बैयाबेहडीमा कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्तीकि ३० वर्षीया रेणु चाैधरी मृत भेटिएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज बिहान चौधरी आफ्नै कोठामा मृत फेला परेकी हुन् । `काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे छ,´ उनले भने, `घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको छ ।´ 

डीएसपी सिंहका अनुसार चौधरी अविवाहित हुन् ।

प्रतिक्रिया