ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा माओवादी पार्टी कार्यालयमा आगलागी

आइतबार ०८, असार २०८२ ०८:००

बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार शनिवार अपरान्ह ६ बजे आगलागी भएको सूचना प्राप्त भएको छ । प्रहरी टोली परिचालन गरेर आगलागी नियन्त्रणमा आइसकेको उनले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया