ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीले दलित विद्यार्थीलाई छात्रवृत्ति दिने

शनिबार ०७, असार २०८२ ०६:५३

धनगढी । धनगढी उपमहानगरपालिकाले दलित विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । दलित विद्यार्थीलाई  उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रम आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
 
नगर प्रमुख गोपाल हमालले शनिबार भएको उपमहानगरको १३ औँ अधिवेशनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दलित विद्यार्थीलाई कक्षा ११, १२ तथा स्नातक तहसम्म विज्ञान, कानुन, शिक्षा र कृषि विषय अध्ययनमा छात्रवृत्ति दिने उल्लेख गरिएको छ ।

आगामी वर्ष ‘दलित अभियान्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरेर दलित विद्यार्थीलाई छात्रवृति दिइने नगर प्रमुख हमालले बताए । यो कार्यक्रमले दलित विद्यार्थीको उच्च शिक्षामा पहुँच वृद्धि गर्ने नगर प्रमुख हमालले बताए ।

उपमहानगरले आगामी आर्थिक वर्षमा ‘दलित अभियान्ता जुठे दमाइ छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने घोषणा समेत गरेको छ । यो कार्यक्रमअन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरुलाई प्रतिछात्रा वार्षिक दुई हजार रुपैयाँसम्मको शैक्षिक सामग्री निशुल्क दिइने नगर प्रमुख हमालले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । 

उपमहानगरले आगामी वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
        
 

प्रतिक्रिया