धनगढी । धनगढी उपमहानगरपालिका आगामी आर्थिक वर्षबाट रात्रीकालीन बजार सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रात्रीकालीन बजार सञ्चालन गर्ने योजना ल्याएको छ ।
शनिबार भएको नगर सभाको १३ औँ अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हमालले युवाहरुलाई पढाइसँगै आयआर्जनमा जोड्न तथा स्टार्टअप व्यवसायमा संलग्न गराइ व्यवसायी बनाउन आवश्यक सीप विकास गराउन रात्रीकालीन बजार सञ्चालन गर्न लागिएको बताए ।
रात्रीकालीन बजारका लागि धनगढी उपमहानगरले धनगढी पार्क छेउमा पूर्वाधार निर्माण गरिरहेको छ ।
महिलाहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले चालु वर्षबाट सञ्चालित शनिबारीय महिला उद्यम बजारलाई पनि आगामी वर्ष निरन्तरता दिइने नीति तथा कार्यक्रमा उल्लेख छ ।
प्रतिक्रिया