ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ५६ करोडको बजेट

शनिबार ०७, असार २०८२ ०६:२९

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई अर्ब ५६ करोड चार लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार भएको उपमहानगरको १३ औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

उपमहानगरले कुल बजेटमध्ये चालुतर्फ एक अर्ब ३८ करोड २६ लाख ५१ हजार ६४० रुपैयाँ र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख ३५ हजार २९२ रुपैयाँ बजेट विनियोजन गरिएको उनले छ । चालुतर्फ ५३.८ प्रतिशत र पुँजीगततर्फ ४६.२ प्रतिशत विनियोजन गरिएको छ ।

उपप्रमुख रानाले बजेटको स्रोतको रुपमा उपमहानगरले आगामी वर्ष उपमहानगरले आन्तरिक आयबाट ५४ करोड ७९ लाख ६७ हजार संकलन गर्ने अनुमान रहेको बताइन् । त्यस्तै राजस्व बाँडफाडबाट ५७ करोड ६० लाख ६२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

अन्तर सरकारी वित्तीय हस्तान्तरणमा संघतर्फ ९९ करोड ९ लाख र प्रदेशतर्फ ११ करोड २२ लाख ४१ हजार बजेटको स्रोतको रुपमा रहने उपमहानगरको बजेट वक्तब्यमा उल्लेख छ । त्यस्तै सरी आएको मौजदात ३३ करोड ३२ लाख ९५ हजार हुने उपप्रमुख रानाले बताइन् । 

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, हाम्रो धनगढी सफा धनगढी, उज्यालो धनगढीलगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको उनले जानकारी दिइन । उपप्रमुख रानाले शिक्षा, पूर्वाधार निर्माण, उद्यम, सीप विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाहको व्यवस्थापन, विपद् व्यवस्थापनलगायत क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको जानकारी दिइन् ।  
 

प्रतिक्रिया