धनगढी । बाजुरेली समाज धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा यही असार १५ गते धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। शनिबार बसेको समाजको बैठकले रक्तदानमार्फत समाजिक उत्तरदायित्व निर्वाह गर्ने निर्णय गरेको हो।
समाजका सचिव हर्क ओलीका अनुसार कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको कार्यालयमा बिहान ८ बजे सुरु हुनेछ। ओलीले भने, ‘बजारमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै समाजले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। सबैलाई यसमा सहभागिता जनाउन आग्रह गर्दछौं।’
कार्यक्रमलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा महेन्द्र साउँद र कैलाश जोशी सदस्य रहेका छन्।
समाजका अध्यक्ष भरत केसीले ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रमलाई फरक शैलीमा भव्य रूपमा आयोजना गरिने बताए। उनले सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई रक्तदान कार्यक्रममा सहभागी भइ सफल बनाउन आह्वान गरे।
प्रतिक्रिया