धनगढी । प्रहरीले धनगढीको मनेहरामा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले एक लाख ३१ हजार १८० रुपैयाँ नगद र चार गड्डी ताससहित जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार न्यू लामिछाने कन्ट्रक्सनको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हानेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का सन्तोष कामी, रमेश साउँद, पुष्प बिट, राजेन्द्र साउँद, कृष्ण कुँवर, वडा नम्बर ५ का लालबहादुर केसी, वडा नम्बर ६ का भुवन बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै वडा नम्बर ७ का खडकबहादुर शाही, वडा नम्बर ८ का जयबहादुर कार्की, भरत बिक, तुलाराम बिष्ट, र नन्दलाल रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया