ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

४६ हजार मूल्यका गाडीका पार्टपुर्जा बरामद

शनिबार ०७, असार २०८२ १२:४५

धनगढी । कैलालीमा प्रहरीले ४६ हजार ६ सय रुपैयाँ मूल्य बराबरका गाडी र ट्रकका पार्टपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ती सामान भन्सार छलेर ल्याइएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित एपिए कलेज नजिकबाट भन्सार छलेर ल्याइएका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट गएको प्रहरी टोलीले सामान बरामद गरेको हो ।  
 

प्रतिक्रिया