ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सदनमा रास्वपा र राप्रपाको विरोध

शनिबार ०७, असार २०८२ १२:२५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा दुवै दलका सांसदहरुले विरोध जनाएका हुन् ।
 
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै दुई पार्टीले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् । 

 रास्वपा सांसदहरू माइतीघर मण्डलाबाट हिँडेरै संसद भवन पुगेका हुन् । माइतीघरमा पार्टीको तेस्रो स्थापना दिवस मनाएर रास्वपाका सांसदहरू हिँडेरै नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । 

प्रतिक्रिया