ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट आएको बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

शनिबार ०७, असार २०८२ १२:१९

चितवन । चितवनमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतकहरुको सनाखत भएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकमध्ये तीन जना पुरुष र दुई महिला छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा भन्ने स्थानमा दुर्घटना भएको हो । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई ठक्कर दिएको थियो ।

घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो । तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया