ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गोदावरी नगरपालिकाको बजेट एक अर्ब १८ करोड

शुक्रबार ०६, असार २०८२ ०५:५०

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५औ नगर अधिवेशनमा नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । 

जसमा संघिय सरकारबाट आउने बित्तीय समानिकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपुरक अनुदानतर्फ एक करोड ९३ लाख, विशेष अनुदानतर्फ चार करोड नौ लाख, ससर्त अनुदानतर्फ ४१ करोड ७२ लाख रहेको छ । 

यस्तै प्रदेश सरकारबाट आउने बित्तीय समानिकरण तर्फको अनुदार एक करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख एक हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ तीन करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेशनबाट छ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए ।

त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, विज्ञापन करबाट तीन लाख, बन रोयल्टिबाट छ लाख र बैंक मौज्दातमा तीन करोड ५० लाख रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया