धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समन्वय समिति, कैलालीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपा कैलालीले भिजिट भिसाको नाममा अवैध रूपमा मानव तस्करीको भइरहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको हो ।
‘अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरूको संलग्नतामा युवाहरूलाई दुबई लगायतका मुलुकहरू हुँदै गैरकानुनी तरिकाले तेस्रो देशमा पुगाउने जस्ता गतिविधिहरू नेपाली राज्यव्यवस्था, कानुनीशासन र मानवअधिकारमाथिको गम्भीर प्रहार हो,’ रास्वपा कैलालीले भनेको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत् पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपा कैलालीले संघीय सरकारको पनि ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया