डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
मृतकको सनाखत हुन नसकेको एसपी शर्माले बताए । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गर्दा करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य चार जना घाइते रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया