ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका स्थानीय तहको खर्च विकासमा भन्दा प्रशासनिकमा बढी

बिहिबार ०५, असार २०८२ ०२:४६

टीकापुर । कैलालीका सबै पालिकाले विकास निर्माणमा भन्दा प्रशासनिक खर्चमा ठूलो धनराशी खर्चेका छन । महालेखापरीक्षकको कार्यालयले आव २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदनमा सबै पालिकालाई प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजश्व बाँडफाँडको रकम अधिक रुपमा विकास निर्माणमा परिचालन गर्न सुझाव दिएको छ । 

प्रदेश राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाले २ अर्ब ६९ करोड ६२ लाख १४ हजार ३८६ रुपैयाँ मध्ये ६१ करोड ७ लाख ९१ हजार १२८ रुपैयाँ मात्रै पूँजिगत खर्च गरेको छ । उसले कुल बजेटको २३ दशमलव ७० प्रतिशत रकम खर्च नगरेर मौज्दात राखेको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै टीकापुर नगरपालिकाले कुल बजेटको २४ दशमलव ४२ प्रतिशत मात्रै विकास निर्माणमा खर्च गरेको छ । घोडाघोडीले ७८ करोड ९६ लाख १९ हजार २१५ रुपैयाँ मध्ये चालुतर्फ ५३ करोड ६५ लाख २२ हजार १२५ र पूँजिगततर्फ २९ करोड ८ लाख ७३ हजार ७८२ रुपैयाँ मात्रै खर्च गरेको पाईएको छ । 

१ अर्ब ६ करोड २ लाख ८७ हजार रुपैयाँ कुल बजेट भएको लम्कीचुहा नगरपालिकाले समेत विकास निर्माणका काममा झण्डै एक चौथाई मात्रै रकम खर्चेको छ । उसले चालु तर्फ ५३ दशमलव ९५ प्रतिशत र पूँजिगतर्फ २७ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको छ । 

भजनी नगरपालिकाले चालुतर्फ ६३ दशमलव ६९ र पूँजिगततर्फ ३६ दशमलव ३१ प्रतिशत, गोदावरी नगरपालिकाले चालुतर्फ ७१ दशमलव ४३ र पूँजिगततर्फ २८ दशमलव ५७ प्रतिशत र गौरीगंगा नगरपालिकाले चालुतर्फ ६३ दशमलव ४४ र पूँजिगततर्फ २३ दशमलव १८ प्रतिशत रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । भजनीको कुल बजेट ४६ करोड १० लाख ४९ हजार ६८८ रुपैयाँ, गोदावरीको १ अर्ब १ करोड २९ लाख ४४ हजार ९३८ रुपैयाँ र गौरीगंगाको ७२ करोड ७३ लाख ५५ हजार ५८२ रुपैयाँ रहेको छ । 

अन्य पालिकाहरुको तुलनामा बर्दगोरीया गाउँपालिकाले विकास निर्माणमा बढी खर्च गरेको पाईएको छ । उसले आफ्नो कुल बजेटको ३८ प्रतिशत रकम खर्चेको छ । पालिकाले ४५ करोड २० लाख २३ हजार ८२ रुपैयाँ मध्ये चालुतर्फ ३० करोड १३ लाख ६४ हजार ३१७ र पूँजिगततर्फ १८ करोड ४५ लाख ५७ हजार १४ रुपैयाँ खर्च गरेको छ । 

त्यसैगरी मोहन्याल गाउँपालिकाले चालुतर्फ ६७ दशमलव ०८ र पूँजिगततर्फ २५ दशमलव ७४, कैलारी गाउँपालिकाले चालुतर्फ ७४ दशमलव ९० र पूँजिगततर्फ २५ दशमलव १०, जोशीपुर गाउँपालिकाले चालुतर्फ ७६ दशमलव ८४ र पूँजिगततर्फ २३ दशमलव १६ तथा चुरे गाउँपालिकाले चालुतर्फ ६९ दशमलव ३२ र पूँजिगततर्फ २३ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ । 

प्रतिक्रिया