ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
मन्त्री रामेश्वर चौधरीको पद संकटमा

मुख्यमन्त्रीले खप्तडमा निर्देशक नियुक्तिको १५ दिनमा थाहा पाएपछि...

बिहिबार ०५, असार २०८२ ११:३८
  • निर्देशक नियुक्तिमा आर्थिक चलखेलको आशंका
  • आगामी बजेटका योजना होटलमा तयार

धनगढी । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार राति फोन गरेर पदबाट राजिनामा दिन भने । तर, बिहीबार बिहानसम्म चौधरीले राजिनामा दिएका छैनन् । बरु उल्टै दिदै पदबाट बर्खास्त गर्न चुनौती दिएका छन् । 

निकट स्रोतबाट प्राप्त जानकारीअनुसार विभिन्न कारणले रामेश्वरको राजिनामा माग्ने अवस्थामा मुख्यमन्त्री शाह पुुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गरिएको कुरा मुख्यमन्त्री शाहले १५ दिनपछि सामाजिक सञ्जालबाट मात्र थाहा पाएपछि उनी मन्त्री चौधरीसँग रुष्ट भएका हुन् । 

मन्त्री चौधरीले जेठ १९ गते नै खप्तडमा डोटीका खेमराज जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए । तर, त्यो नियुक्ति बजेट वक्तव्य आएपछि मात्र सार्वजनिक भएको थियो । मुख्यमन्त्री निकट स्रोतका अनुसार मुख्यमन्त्रीलाई भने त्यसबारे मन्त्री चौधरी, मन्त्रालयका सचिव वा नियुक्त जोशी कसैले पनि जानकारीसम्म दिएनन् । 

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको नियुक्त मन्त्रिपरिषद्को निर्णयमा हुने व्यवस्था छ । समितिमा कार्यकारी निर्देशक सदस्य सचिवको भूमिकामा रहने गठन आदेशको व्यवस्थाअनुसार नियुक्ति हुन्छ । 

कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको सयुक्त सरकार रहेको अहिलेको सुदूरपश्चिम सरकारमा विभिन्न नियुक्तिका पद रिक्त छन् । भागबण्डा नमिलेर पेचिला बनेका ती नियुक्तिहरु समझदारीमै टुुंग्याउने मनस्थितिमा थिए, मुख्यमन्त्री शाह । तर आफूलाई पनि जानकारी नदिएर मन्त्री चौधरीले महत्वपूर्ण निकायमा उपसचिव तहको कार्यकारी निर्देशक नियुक्त गर्दासमेत जानकारी नदिएपछि मुख्यमन्त्री नैतिक संकटमा परेका थिए ।

मुख्यमन्त्रीलाई समेत जानकारी नगराई दुुई साताअघि नै निर्देशक नियुक्त गर्नुको कारण भने खुलेको छैन । उक्त नियुक्तिमा आर्थिक चलखेल भएको पनि मन्त्री चौधरीमाथि आक्षेप लागेको छ । 

अर्को, बजेट निर्माणमा चौधरी नेतृत्वको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित योजनामा भएको चलखेलप्रति पनि मुख्यमन्त्री शाह रुष्ट थिए । उक्त मन्त्रालयबाट विनियोजन हुने योजना र बजेटको सूची धनगढीको एक होटलमा बनिरहेको भन्ने सूचना मुख्ममन्त्री कार्यालयलाई थियो । कार्यालयले सचेत गराउदा पनि योजनाहरुमा चलखेल नरोकिएपछि मन्त्री चौधरीप्रति मुख्यमन्त्री आक्रोसित भएका थिए । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर र संरक्षक रेशम चौधरी पक्षधरको शक्ति संघर्षका बीचबाट रामेश्वर चौधरी जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । मन्त्री चौधरीप्रति अध्यक्ष पक्षधरको सहानुुभूति थिएन । त्यसैको पनि घानमा परे मन्त्री रामेश्वर । यसबीचमा कैलाली, कञ्चनपुुर र बर्दियामा किसानहरुलाई हाते ट्याक्टर उपलब्ध गराउने भन्दै भएको ठगी प्रकरणमा पनि मन्त्री चौधरीको संलग्नता रहेको आरोप लागेको थियो ।

प्रतिक्रिया