ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कैदीबन्दीको मृत्यु, शरीरभरि निलडाम

बुधबार ०४, असार २०८२ ०७:१७

धनगढी । कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएको हो ।

कैलालीका प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार एक्कासि बिरामी भएका पालीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पुगाइएको थियो । अस्पताल पुगाएको आधा घण्टामै मृत्यु भएको डीएसपी सिंहले बताए ।

प्रहरीका अनुसार, उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृत्यु भएको हो ।

पालीको मृत्यु भएपछि उनको परिवारले गम्भीर आरोप लगाएको छ । मृतकका काका पदमसिंह पालीका कारागारभित्रै पालीलाई यातना दिइएको थियो । `शरीरभर निलडाम छन्, टाउकाबाट रगत बगेको थियो,´ उनले भने । 

प्रतिक्रिया