धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट कैलालीमा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । त्यसका लागि आगामी वर्षको बजेटमा साढे पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सदनमा बजेट प्रस्तुत गर्दै आगामी वर्ष विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि पाँच करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको घोषणा गर्र्दै कानुन निर्माणलाई अगाडि बढाएको छ ।
प्रतिक्रिया