धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कृषि क्षेत्रका लागि तीन अर्ब बढी बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट वक्तव्य सार्वजनिक गर्दै कृषि क्षेत्रका लागि तीन अर्ब ३० करोड १० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
कृषि क्षेत्रमा एक स्थानीय तह दुई उत्पादन कार्यक्रम सञ्चालन गरिने मन्त्री थापाले जानकारी दिए । उक्त कार्यक्रमका लागि एक सय ७६ पकेट निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । उक्त कार्यक्रमका लागि ७० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री थापाले बताए । उक्त कार्यक्रमका लागि प्रदेशभर एक ७६ जना प्राविधकि परिचालन गरी पाँच हजार कृषक लाभान्वित हुने उनको दाबी छ ।
यस्तै, प्रदेश सरकारले कैलालीमा एम्बुलेन्स सेवासहितको भेटेनरी इर्मेजेन्सी सेवा सुरु गर्ने जनाएको छ । एम्बुलेन्स सेवासहितको भेटेनरी इर्मेजेन्सी सेवा सुरु गर्नका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोज गरेको छ । यस्तै कृषिमा अनुदानका लागि पनि बजेट विनियोजन गरिएको मन्त्री थापाले बताए ।
प्रतिक्रिया