ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मधेश प्रदेश सांसद सिंह काठमाडौँबाट पक्राउ

बिहिबार २९, जेठ २०८२ ०६:२३

काठमाडौँ । मधेश प्रदेश सांसद सरोजकुमार सिंह काठमाडौँको अनामनगरबाट पक्राउ परेका छन् । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जसपा सांसद हुन् ।

उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता लगेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिवलाई समेत पक्राउ गरेको थियो । 

प्रतिक्रिया