महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक अझै पनि स्तरवृद्धि हुन सकेको छैन । संघ सरकारबाट प्रदेश सरकारमा आएको उक्त सडक दुई पटक कालोपत्रेका लागि उद्घाटन गरिए पनि निर्माण कार्य पूरा हुन नसकेको हो ।
सडकमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यसअघि अवरोध गरेको सडक मात्रै नभएर अवरोध नभएको कलुवापुरदेखि बन्साहसम्मको सडकसमेत निर्माण भएको छैन ।
निकुञ्ज क्षेत्रमा पर्ने कालागौडीदेखि चान्देबसम्म झण्डै पाँच किलोमिटर सडक निर्माण नहुँदा भएका खाल्टाखुट्टीले यात्रुले सास्ती खेप्नु परेको छ । हिउँदमा धुलाम्मे वर्षातमा हिलाम्मे सडक रोपाइँकै खेत जस्तै हुने गरेको छ ।
पटक पटक आन्दोलन गर्दासमेत उक्त सडक अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन । त्यसैगरी सो सडक कालोपत्रेको जिम्मा पाएको सन्तोषी थेगिम जेभीले १० करोड ३५ लाखमा ठेक्का पाए पनि कछुवाको गतिमा काम गरिरहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले निर्माण व्यवसायीलाई ताकेतादेखि निकुञ्जलाई काम गर्न वातारण बनाइदिन आग्रह गरेको बताएको छ ।
प्रतिक्रिया