ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनचाँदीको मूल्य घट्यो

मङ्गलबार २७, जेठ २०८२ १२:०८

सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार  प्रतितोला २ हजार १५० मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया