ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित

सोमबार २६, जेठ २०८२ ०४:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई हुन्छ वा हुन्न भनी मत व्यक्त गर्न भन्दै निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी सांसद मौन बसेका थिए । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

उनले सरकारले सार्वजनिक गरेको चार बँुदे प्रतिवद्धतालाई आधार मानेर बजेट बनाउने बताए । सरकारले २५ लाखभन्दा तलका योजना प्रदेशले कार्यान्वयन नगर्ने, उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्नेलगायत चार बुँदे प्रतिवद्धता आइतबार सार्वजनिक गरेको थियो ।

मुख्यमन्त्री शाहले सांसदका योजनामा पनि बजेटको व्यवस्था गरिने बताए । निर्वाचन क्षेत्रमा सांसदका प्रतिवद्धता हुने उल्लेख गर्दै शाहले सांसदका योजनामा बजेटको व्यवस्था गरिने जानकारी दिए । 

त्यस्तै आगामी वर्ष प्रदेश राजधानीको विषयमा केन्द्र सरकारले जग्गाको टुङ्गो लगाउने उनको भनाइ थियो । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षीसँगै सत्तापक्षका सांसदले समेत नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।

प्रतिक्रिया