ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बुढीगांगाको पीडामा बुढीनन्दा र स्वामीकार्तिकको मलम

आइतबार २५, जेठ २०८२ ०३:१९

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारका अग्नी पीडितलाई बाजुराकै बुढीनन्दा नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाले सहयोग गरेका छन् ।

बुढीनन्दा नगरपालिकाले तत्काल १ लाख सहयोग गरेको छ भने स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले घटनास्थलमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । 

रकम बुझ्दै बुढीगंगा नगरपालिका नगरप्रमुख बानियाँले स्थानिय तह, प्रदेश र संघ सरकार तथा संघ संस्थाले सबैलाई सहयोग अपिल गरे । उनले सहयोग रकमले अग्नी पीडितलाई पुनर्स्थापना गर्न ठुलो सहयोगपुग्ने बताए ।

यसैगरी, स्वामीकार्तिक खापर गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति दुःख व्यक्त गरेको छ । विज्ञप्ति मार्फत् तत्काल राहत, पुनस्र्थापना तथा व्यवसाय पुनः सञ्चालनका लागि सहयोग गर्न स्थानीय, प्रदेश र संघ सरकारलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया