ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मन्त्री पाण्डेयद्वारा आगाली भएको क्षेत्र निरीक्षण

शनिबार २४, जेठ २०८२ ०३:४८

बाजुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट क्षतिग्रस्त बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले आगलागीबाट भएको क्षतिको जानकारी लिए ।

आगलागीलगत्तै गृहजिल्ला आएका उनले आगलागीपीडितका लागि सरकारका तर्फबाट राहतका लागि पहल गर्ने बताए । बाम्का बजारमा शुक्रबार दिउँसो भएको भीषण आलगानीमा ठूलो क्षति भएको छ ।

स्थानीय प्रशासनले आगलागीबाट करिब पौने नौ करोड बराबरको क्षति भएको प्रारम्भीक रिपोर्ट संकलन गरेको छ ।
  

प्रतिक्रिया