ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

वाइसिएलको नेतृत्व चयनमा सकस, अधिवेशन लम्बियो

शुक्रबार २३, जेठ २०८२ ०६:३७

काठमाडौं । नेकपा माआवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएलको नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसक्दा आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलन छैंठो दिनसम्म लम्बिएको छ।

नेतृत्व चयनमा सहमति नभएपछि बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ । सहमतिको प्रयास गर्नका लागि चौथो पटक पनि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

माओवादीले वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उपमहासचिव बस्नेत, वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुबोध शेर्पाली सहमति खोज्न छलफल गरिरहेका छन् । 

आकांक्षीहरुसँग पार्टी उपमहासचिव बस्नेत र संगठनका इञ्चार्ज दीपशिखाले संवाद गरिरहेका छन् । पार्टी सचिवालय बैठकले सर्वसम्मतबाट नेतृत्व ल्याउन सुझाव दिएको थियो ।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ । तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए ।

संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।

पछिल्लो पटक कुँवर र ओलीबीच प्रतिस्पर्धाको सम्भावना बढेको छ । नेताहरूका अनुसार पुलामी पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लाइनमा उभिएका छन् । 

उम्मेदवारको अन्तिम नामावलीको समय बेलुकी ९ बजेका लागि तय गरिएको छ । मतदानको समय भने कार्यतालिकामा राखिएको छैन । 

प्रतिक्रिया