ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

शनिबार १७, जेठ २०८२ १०:३०

धनगढी । कैलालीको धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा एकजनाको ज्यान गएको हो। 

गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिरसिंह बिष्टलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका बिष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल धनगढी पुर्‍याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया