ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आगामी वर्षका लागि यस्ता छन् सुदूरपश्चिम सरकारका प्राथमिकता

सोमबार १२, जेठ २०८२ ०८:२३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आइतबार बसेको प्रदेशसभाको बैठकमा आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी बजेटमा प्रदेश सरकारले साना, छरिएका र अनुत्पादक योजनाको बजेट कटौति गर्ने भएको छ । ‘क्रमागत योजनाहरुलाई पुनःप्राथमिकीरण गरी पुनसंरचना वा स्थगत गरिने छ,’ मन्त्री थापाले भने, ‘आगामी वर्षको बजेट विनियोजन गर्दा प्रदेश आयोजना बैंकमा सुचिकृत भएका, रणनीतिक योजनामा परेका योजनाहरुमा पर्याप्त बजेट विनियोजन गरिने छ ।’

उनले प्रदेश गौरवका, बहुवर्षीय, क्रमागत र रणनीतिक महत्वका आयोजनालाई उच्च प्राथमिकता दिइने बताए । प्रदेश गौरवका, बहुवर्षीय, क्रमागत र रणनीतिक महत्वका ऊर्जा, आवास, सहरी विकास, सरसफाई, सडक, पुल, सिंचाई, खानेपानी संरचना निर्माणलाई उच्च प्राथमिकता दिइने मन्त्री थापाले बताए । उनले नयाँ निर्माण गरिने भौतिक पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने बताए ।

‘ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत उत्पादनलाई प्राथमिकता दिई संघ र स्थानीय सरकारसंगको सहकार्यमा निजी क्षेत्रको पुँजि परिचालन गर्न प्रोत्सहित गरिने छ,’ मन्त्री थापाले भने, ‘पुँजि निर्माणमा सहयोग पु¥याउने ठूला र युगान्तकारी योजनाहरुमा प्राथमिकताका साथ बजेट विनियोजन गरिने छ ।’

प्रदेश सरकारले राजश्व सुधार कार्ययोजना तयार गरी राजश्व परिचालनलाई व्यवस्थित गर्ने मन्त्री थापाले बताए । उनले कृषिको व्यवसायिकरण, कृषि उपजको थोक बजार व्यवस्थापन, भण्डार गर्ने व्यवस्था मिलाइने बताए । उनले रैथाने बाली संरक्षण गर्नुका साथै रसायनिक मलको उचित व्यवस्थापन गरिने बताए ।

प्रदेशको आयमा पर्यटन क्षेत्रको योगदान बढाउने योजनाहरुलाई प्राथमिकता दिइने बताउँदै उनले धार्मिक, प्राकृतिक, सहासियक पर्यटन क्षेत्रलाई प्रोत्साहन गरिने बताए । उनले ग्रामीण पर्यटनका लागि होमस्टेलाई प्रबद्र्धन गरिने बताए ।

सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरी बैदेशिक रोजगारप्रतिको निर्भरता निरुत्साहन गरिने बताउँदै मन्त्री थापाले रोजगारी सिर्जनालाई प्राथमिकता दिइने बताए । उनले शिक्षालाई सर्वशुलभ बनाइने बताउँदै शिक्षाको गुणस्तर र शैक्षिक पूर्वाधार सुधार प्राथमिकता दिइने बताए । उनले सक्षम जनशक्ति उत्पादनलाई प्राथमिकता दिई बजेट विनियोजन गरिने बताए ।

स्वास्थ्यमा सबै नागरिकको समान पहुँच प्राथमिकता दिई स्वास्थ्य क्षेत्रको कार्यक्रम तय गरिने बताउँदै उनले स्वास्थ्य पूर्वाधार, आधुनिक यन्त्र उपकरण र दक्षजनशक्ति विकासमा जोड दिइने बताए । उनले आयुर्वेदिक, बैकल्पिक चिकित्सा पद्दति र योगलाई प्रोत्साहन गरिने बताए ।

प्रतिक्रिया