ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी उपमहानगरले बनायो निःशुल्क पार्किङ

सोमबार १२, माघ २०८२ ११:४३

धनगढी । धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ बनाएको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य र महिला शाखा कार्यालय अगाडी खाली जमीनमा उपमहमानगरपालिकाले निःशुल्क पार्किङ व्यवस्थापन गरेको हो । राष्ट्र बैंक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङमा मोटरसाईकल ,स्कुटी, कार र जीप पार्किङको व्यवस्था गरिएको हो । 

उक्त सडक खण्डढमा सडकमै गरिने पार्किङले सडक साँघुरो भई अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ । उपमहानगरका प्रमुख गोपाल हमालले उक्त पार्किङ प्रयोग गर्न नगरवासीमा अनुरोध गरेका छन् । 

यसअघि, उक्त जमीनमा निर्माण सामाग्री साखिदै आएकोमा उपमहानगरपालिकाले सफाई र लेबलिङ गरेको छ ।

प्रतिक्रिया