धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका ११ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ ।
कांग्रेसले प्रदेशका नौ वटै जिल्लाबाट समानुपातिक उम्मेदवार बनाएको हो । कैलाली र कञ्चनपुरबाट दुई–दुई जनालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको कांग्रेले अन्य सात जिल्लाबाट एक–एक जनालाई समेटेको छ ।
कांग्रेसबाट कैलालीका यज्ञनिधी कोइराला र रिता चौधरी तथा कञ्चनपुरका कल्पना केसी र तौला राना समानुपातिक उम्मेदवार छन् ।
दार्चुलाका करवीर कार्की, बैतडीका दीपेन्द्र बम, बाजुराका विद्या तिमल्सिना, डोटीका प्रसिस महरा, अछामका टेकबहादुर बिक, बझाङका सुन्दर स्नेही र डडेल्धुराका हरिना कामीलाई पनि कांग्रेसले समानुपातिक उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया