धनगढी । क्रिकेटर शेर मल्ल एसपीए कलेजको ब्रान्ड एम्बेस्डर बनेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका राइजिङ स्टार क्रिकेटर मल्ल ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका हुन् ।
आइतबार कलेजले उनलाई एकवर्षका लागि ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको कलेजका निर्देशक सुवाशविक्रम शाहीले जानकारी दिए । क्रिकेटर मल्ल र कलेजका निर्देशक शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।
नेपाल प्रिमियर लिगमा लुम्बिनीलाई च्याम्पियन बनाउँदा मल्लले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी प्रतियोगिताका उदयमान खेलाडी घोषित भएका थिए । उनले प्रतियोगितामा १७ विकेट लिएका थिए ।
सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताए ।
प्रतिक्रिया