ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बस दुर्घटना, छ जना घाइते

सोमबार ०१, मङि्सर २०८२ ०२:४१

धनगढी । कैलालीमा बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बस गौरीगंगा नगरपालिका – ८ बडैपुरमा दुर्घटनामा हुँदा छ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश ०१-००१ ख २६३१ नम्बरको बस दुर्घटना आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घाइतेलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा पुगाइएको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी सिंहले बताए । 

प्रतिक्रिया