ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा र गेटा अस्पतालका लागि अधिकृतस्तरका दरबन्दी स्वीकृत

मङ्गलबार २५, कार्तिक २०८२ ०४:४०

धनगढी । डडेल्धुरा र गेटा अस्पतालका लागि अधिकृतस्तरका दरबन्दी स्वीकृत गरिएको छ ।

आज सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठक निर्णयमा डडेल्धुरा र गेटा अस्पताल लगायतका लागि अधिकृतस्तरका दरबन्दी स्वीकृत गरिएको उल्लेख छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

सरकारले उक्त निर्णय स्वास्थ्य सेवाको गुणस्तर सुधार र जनस्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले गरेको बताइएको छ। 

प्रतिक्रिया