ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

मङ्गलबार २५, कार्तिक २०८२ १०:५६

अछाम । जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सात दिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो । 

कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए । उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनः स्थापित हुन तालिमले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया